नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा किरिया पुत्री भवनको शिलान्यास

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : लामो समयदेखि नेपालगन्जमा किरिया पुत्री बस्ने घरको कुरा उठिरहेको बेलामा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा बिहीबार किरिया पुत्री भवनको शिलान्यास गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका भित्र किरिया पुत्री घर नभएको हुदाँ डेरा गरि बस्नेहरुक‍ा लागि किरिया बस्न समस्या देखिएको थियोे । धेरै संघसंस्थाहरुले पनि कुरा उठाइरहेको बेलामा किरिया पुत्री घर निर्माण समिति गठन गरि आज शिलान्यास गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको शिव पार्वती टोलमा दुई तले भवन निर्माण गर्ने गरि आज एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरेका हुन् । उक्त भवन निर्माण गर्नका लागि जग्गा दान समाजसेवी माधवराम वर्माले दिएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो ।

भवन निर्माण समितिको संयोजकमा समाजसेवी शेम शाक्य, सचिवमा बसन्त लामिछाने लगायतको समिति गठन गरिएको छ । उक्त समितिका सल्लाहकार सदस्यमा वडा अध्यक्ष गोपाल पुन रहनु भएको छ ।

किरिया पुत्री भवन निर्माण गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले रु ११ लाख सहयोग गर्ने, त्यसैगरी समाजसेवी तथा संकल्पकर्ता माधवी शाहीले रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको, रु ११ हजार भन्दा बढी सहयोग गर्ने सयौं व्यक्तिहरु भएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *