बाँकेमा जनता समाजवादी पार्टी नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच चुनावी तालमेल

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज :  आगामी प्रतिनिधि सभा सदस्य  निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपाल बीच बाँके जिल्लामा चुनावी तालमेल गरि एकअर्कालाई सघाउने सहमति  भएको छ।

दुवै दलका जिल्ला नेतृत्वबीच भएको छलफलपछि साझा उम्मेदवार बाँके क्षेत्र नं २ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईलाई र बाँके क्षेत्र नं १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार कृष्णा के.सी. नमुनालाई सघाउने सहमति भएको हो ।   चुनावी अभियान संयुक्त रूपमा सञ्चालन गर्ने तथा मत विभाजन रोक्दै चुनावी परिणामलाई आफ्नो पक्षमा पार्ने उद्देश्यले तालमेल गरिएको जनाइएको छ।

सहमति अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन  क्षेत्रमा आपसी समझदारीका आधारमा कुनै धोका नदिई सहयोग गर्ने जनाइएको छ । साथै विकास, सुशासन, सामाजिक न्याय र क्षेत्रीय अधिकारका मुद्दालाई साझा एजेन्डा बनाउँदै संयुक्त प्रचार–प्रसार गर्ने निर्णय पनि गरिएको नेताहरूले बताएका छन्।

नेतृत्वका अनुसार तालमेलले साना तथा मध्यम दलबीच सहकार्यको सन्देश दिने र बाँकेमा वैकल्पिक राजनीतिक शक्तिको उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ। स्थानीय तहका कार्यकर्ता र समर्थकलाई पनि साझा अभियानमा सक्रिय बनाउन दुवै दलका नेता तथा कार्यकर्ताले  आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *