काठमाण्डौं – बाँकेको नेपालगन्ज घर भएकी कवि तारा खत्री रोकायको दोस्रो कृति “जितको उज्यालो ” बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको हातबाट एक कार्यक्रम समारोहबीच औपचारिक रुपमा काठमाडौंमा विमोचन गरिएको हो।
उक्त लोकार्पण कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले कवि रोकायाको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै कृतिमा जीवनका सङ्घर्ष, आशा र सफलताको उज्यालो पक्षलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको बताएका थिए।

कार्यक्रममा बोल्दै अतिथिहरूले “जितको उज्यालो” नेपाली कविता साहित्यमा सकारात्मक सन्देश दिने र पाठकमाझ प्रेरणादायी कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। कवि रोकायाले कृतिमा समेटिएका कविताहरूले समाजका विविध अनुभव, संवेदना र जीवन संघर्षका कथाहरू उजागर गर्ने बताउँदै पाठकको साथ र समर्थनप्रति आभार व्यक्त गर्नुभयो।
लोकार्पणसँगै उक्त कृति अब पाठकमाझ उपलब्ध भएको कवि रोकायले बताउनुभयो । रोकायको पहिलो कृति शुक्लाम्भरा पाठक माझ लोकप्रिय भएको छ ।

