नेपालगञ्ज – नेपाली कम्युनिस्ट पार्टी नेकपाले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै साधारण सदस्य समेत नरहने गरि लुम्बिनी प्रदेश समिति सदस्य टंक धामी, नेपालगन्ज उपमहानगरपालिका सदस्य मुना हमाल र नेपालगन्ज उपमहानगरपालिका सदस्य प्रविण पोरवाल लाई कारबाही गरेको छ।
नेकपाको लुम्बिनी प्रदेश कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले अनधिकृत गतिविधि तथा अन्य पार्टीसँग लागेर पार्टीको निर्णयविपरीत कार्य गरेको आरोपमा उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएको छ ।

पार्टीले आगामी दिनमा संगठनात्मक अनुशासन कडाइका साथ पालना गराउने र पार्टी नीति, सिद्धान्त तथा निर्णयविपरीत गतिविधि सह्य नहुने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त निर्णय पार्टीको प्रदेशस्तरीय निर्णयअनुसार गरिएको जनाउँदै, पार्टी हित र एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमाथि कडा कारबाही जारी रहने चेतावनीसमेत दिइएको छ।
उक्त विज्ञप्तिमा लुम्बिनी प्रदेश कार्यालयका तर्फबाट चन्द्रमणि खनाल ‘बलदेव’ ले हस्ताक्षर गरेका छन्।

