जनता समाजवादी पार्टी, नेपालको मिति २०८१।०२।०५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठकको निर्णय अनुसार असार ९ गतेदेखि लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको उक्त विज्ञप्तिमा जनाएको छ ।

जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित सम्पूर्ण लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई आजका मिति देखि नै प्रतिपक्ष दलको भुमिकामा बस्ने निर्णय विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीको प्रमुख सचेतक माननीय अम्बिका काफ्लेले हस्ताक्षर गरि असार ९ गते विज्ञप्ति निकाल्नु भएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

