संघीयताको बाटोमा उज्यालो बिहानी चाहियो,

विचार/व्लग

संघीयताको बाटोमा उज्यालो बिहानी चाहियो,
जनताको अधिकारसँगै सम्मानित स्थान चाहियो ।

कुर्सी होइन सेवा हो राजनीति भन्ने सोच,
सुशासनको मूल मन्त्र– स्वच्छ हरेक काम चाहियो ।

धनी–गरिब बीचको दूरी अब अन्त्य चाहियो,
सबैलाई समान अवसर, समान पहिचान चाहियो ।

नारी, मधेसी, मुस्लिम, श्रमिक ,पिछडावर्ग र सिमान्तकृत स्वर,
सामाजिक न्यायले भरिएको संविधान चाहियो ।

समाजवाद केवल नारा होइन व्यवहार बनोस्,
भोकै पेटले नरोओस्, हाँस्ने प्रत्येक प्राण चाहियो ।

त्याग र संघर्षले बन्छ देशको साँचो भविष्य,
युवाको हातमा अब परिवर्तनको कमान्ड चाहियो ।

एकता, श्रम र साहसले नेपाल अगाडि बढोस्,
समृद्ध, स्वाभिमानी हाम्रो सुन्दर देश नेपाल महान् चाहियो ।

अम्बिका काफ्ले ( लुम्बिनी प्रदेश सभाषद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *