नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा पाठेघरको क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर हुदै

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा फागुन ५ गते शनिवार महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको स्क्रिनीङ्ग सम्बन्धि स्वास्थ्य शिविर हुने भएको छ ।

पछिल्लो समयमा क्यान्सर रोग सम्बन्धिका बिरामीहरु बढ्दै गइरहेको हुदा सो सम्बन्धि शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाहरु मध्य वडा नं ४ ले स्वास्थ्य शिविर, सामाजिक कार्यहरु, शिक्षा सम्बन्धि कामहरु बढी गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

भोलि शनिबार डा. राम विष्ट लगायतको प्राविधिक टीमले स्वास्थ्य परिक्षण गर्ने वडा अध्यक्ष पुनले बताउनुभयो । उहाँले उक्त शिविर निशुल्क भएको हुदा सम्पूर्ण महिला दिदीबहिनीहरुले सेवा लिएर मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्नुभएको छ । उक्त शिविर विहान ९ बजे देखि वडा नं ४ को स्वास्थ्य प्रबर्द्धन केन्द्रमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *