नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १४ साविक भवनियापुर गा.वि.स.वडा न. ९ख काेकित्ता १३७ जग्गा बिगाहा ४-०-० काे जमीनदार भवनियापुर ७ बस्ने प्रभात कुमार चौधरीले हदबन्दी भन्दा बढी भएको जग्गा भनि हक दाबी छाडी सकेकाे उक्त जग्गा त्यहा का स्थानिय गरीब , दलित जनजातीका मानिसहरु ले २०३४ साल देखि हाल सम्म( मिश्री काेरी,भल्लु काेरी ,गया प्रसादकाेरी, सियाराम काेरी, महगु काेरी र तिलकराम काेरी र लक्ष्मण प्रसाद भांट समेतहरु) जोतभाेग गर्दै अाई रहेकाे जग्गाकाे जाेताहाहरु गा. हुदा गा.वि.स.अध्यक्षले सर्जमीन गराई बुझी सिफारिस गरि भुमिसुधार कार्यालय नेपालगन्जमा पठाइएकाे थियो ।
उपमहानगरपालिका हुदा वडाध्यक्ष ले सर्जमीन गराई बुझी सिफारिस गरि सुकुम्बासी अाया्ेग हुदा उपमहानगरपालिका काे कार्यालयमा पठाएको र हाल यही २०७८ साउन २४ गते देखि हामीहरुले लगाएको अन्नबाली अरहर , मास(उरद) , तिल, बादाम(मुगफली),धान र तरकारी(भिन्डी) समेत काे फसल नष्ट गरि , क्षतिपूर्ति नदिइ नेपाली सेनाले अाफ्नाे निर्माण कार्य गरि रहेकाे छ उनीहरुको भनाइ रहेको छ । जाेताहा किसान मर्कामा परेकाे र हामीहरूको काेही सुन्ने वाला छैन भनी उनीहरूले गुनासो गरेका छन् ।


यसरी गरिब जनताहरुले वर्षौंदेखि जोतभोग गर्दै आइरहेको जग्गा एक्कासि जिल्ला प्रशासन कार्यालय बाँकेको निर्णयले गरिब जनताहरुले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको जग्गाको न त क्षतिपूर्ति नै दिइएको छ न त सरसल्लाह नै गरिएको छ । जहा गुहार माग्न गएपनि कसैले सहयोग नगरेको पिडितहरुको गुनासो रहेको छ ।







