सपना बोकेको म हराए, बाटोमै


हिडेको म नेपाली बसमा सपना बोकेर ।
गाउँ देखि शहरको यात्रा दु:ख भोगेर ।।

पर्खाइमा बसेकी छिन् मेरी आमा घरमा ।
छोरी कमाएर ल्याउला भनि मेरै भरमा ।।

पुग्नु थियो छिटो, ज्यान लिन पुग्यो तिब्र गतिले ।
ए आमै ! गाउँमा केही गर्न सकिन आफ्नै मतिले ।।

अन्तिम सासमा म भने सहयोग भनि कराए ।
मानिसहरु भने मेरै फोटोमा भिडियो बनाए ।।

फर्किन्छु आमै नरोए भनि म हेर आएको ।
बिच बाटोमै मलाई कस्तो दशा पो लागेको ।।

दिन सकिन आमा तिमीलाई चुरा र पोते ।
जिम्मेवारी बोकी हिडेक‍ी म बाटोमै लोटे ।।

ठहर्‍याउ कसलाई म मेरो मृत्युको कारण ।
म संगै भयो मेरो सपनाको मरण ।।

गायत्री सारु मगर कक्षा ११
जि.भि.एन. मा.वि.

Leave a Reply

Your email address will not be published. Required fields are marked *