नेपालगन्ज : पश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको जि.भि.एन. मा.वि. नेपालगन्जद्वारा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक तथा विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए ।
उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले विद्यालयको समग्र गतिविधि र आगामी दिनको कार्ययोजना अभिभावकहरुलाई सुनाउनु भएको थियो । उक्त कार्यक्रम अतिथिहरुमा विद्यालयका शेयर सदस्यहरु, पत्रकारहरुको उपस्थिति रहेको प्रिन्सिपल थापाले बताउनुभयो ।

आज गरिएको अक्षर आरम्भका दिन नयाँ विद्यार्थीहरु भर्ना गरिएको र अरु विद्यार्थी भर्ना कार्यक्रम निरन्तर रहने प्रिन्सिपल थापाले बताउनुभयो ।

