नेपालगन्ज :सन नेपाल लाईफ इन्स्योरेन्सले छैटौं वार्षिकोत्सब समारोह विविध कार्यक्रम गरि मनाउने भएको छ ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैटौं वार्षिकोत्सबको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्ने भएको छ । जसअनुसार नेपालगन्ज शाखा अन्तर्गत रहेकोे राजापुर उपशाखाले स्थानीय सरकारी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गर्ने, त्यसैगरी भुरीगाँउ उपशाखामा आश्रममा फलफुल वितरण, काेहलपुर उपशाखामा स्थानीय शिव मन्दिर परिसर सरसफाई गर्ने भएको छ ।

त्यसैगरी नेपालगन्ज शाखाले मानव सेवा आश्रममा खाधान्न वितरण गर्ने कार्यक्रम रहेकाे शाखा प्रवन्ध कमल बहादुर शाहीले बताए ।

