नेपालगन्ज: बाँके जिल्लामा उत्कृष्ट ब्रिज कोर्स पढाइ हुने इन्स्िटच्युटको नाममा न्यु अल्फा एकेडेमी नेपालगन्जले चिनाउन सफल भएको छ ।
एस ई ई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई माथिल्लो शैक्षिक सत्रका पढाइको तयारी कक्षामा चार वटा भन्दा बढी सेक्सन सञ्चालन गरिएको संस्थाका सञ्चालक गणेश भण्डारीले बताए ।

प्रत्येक हप्तामा विद्यार्थीहरुको प्रि टेष्ट लिने, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने, विभिन्न ठाउँको भ्रमण गराउने लगायतको कार्य गरिरहेको उनले बताए ।
काठमाण्डौमा महंगो शुल्क तिरेर ब्रिज कोर्स पढाउने अभिभावकहरु नेपालगन्जमा नै सस्तो दरमा पढाउन पाउँदा खुसी भएको उनले बताए । दक्ष, अनुभवी, शिक्षकहरुले पठनपाठन गराउने, पारिवारिक माहोलमा पढाइ हुने हुदा विद्यार्थीको रोजाइ परेको भण्डारीले बताए ।
उक्त संस्थामा ब्रिज कोर्स, स्टाफ नर्स तयारी, फार्मेसी, सामान्य चिकित्सक लगायतको तयारी कक्षा सञ्चालन भएको छ ।
