दाङ: प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटी सदस्यमा डा. डक्ट प्रसाद धिताल मनोनीत हुनुभएको छ ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारणसभामा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद सापकोटा जुगलले मनोनीत गरिएको घोषणा गर्नुभएको हो ।

उक्त कार्यक्रममा डा. धितालले पत्रकारिता विषयमा विद्यावारिधि गरेको उपलक्ष्यमा लुम्बिनी प्रदेश कमिटीले सम्मानित गरेको छ । साथै कार्यक्रममा बाँके जिल्ला सहित ३ जिल्लालाई उत्कृष्ट जिल्ला घोषणा गरिएको हो । साथै केही पत्रकारलाई सम्मान गरिएको हो ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंग विश्वकर्माको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल बहादुर केसी सोनाम, विशिष्ट अतिथिका रुपमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष सापकोटा लगायतका अतिथिहरु र १२ वटै जिल्लाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको प्रदेश महासचिव भुपेन्द्र वलीले बताउनुभयो ।
त्यसैगरी ११ बुँदे घोषणापत्र जारी गर्दै प्रेस सेन्टर नेपाल लुम्बिनीको साधारण सभा सम्पन्न भएको अध्यक्ष मानसिंह बिश्वकर्माले जानकारी दिनुभयो ।

