विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ नेपालगन्ज जीवनको स्वास्थ्य शिविर सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : विश्व मधुमेह दिवसको अवसरमा शुक्रबार लायन्स क्लब अफ नेपालगन्ज जीवनको आयोजनामा निःशुल्क सुगर जाँच तथा उच्च रक्तचाप सम्बन्धी प्रशिक्षण शिविर सम्पन्न भएको छ। नेपालगन्ज धम्बोझी स्थित सिद्धार्थ बैंकको शाखा परिसरमा आयोजित उक्त कार्यक्रम बिहान ७ बजेबाट सुरु गरिएको थियो।

कार्यक्रममा डिस्ट्रिक गभर्नर, सिनियर लायन लिडरहरू, संस्थापक अध्यक्ष, विशेष प्रशिक्षक फिजिसियन डा. प्रकाश नाग, सिद्धार्थ बैंकका क्षेत्रीय प्रबन्धक, शाखा प्रबन्धक तथा अन्य लायन लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिविरमा बैंकका सम्पूर्ण कर्मचारीहरूको मधुमेह (सुगर) परीक्षण, उच्च रक्तचाप मापन तथा मधुमेहसँग सम्बन्धित महत्वपूर्ण जानकारी र सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो। स्वास्थ्य जाँचसँगै सहभागीहरूलाई जीवनशैली सुधार, खानपान, नियमित परीक्षण र मधुमेह नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको क्लवका अध्यक्ष लायन्स तोजिन्द्र बहादुर बि.क. ले बताउनुभयो ।

कार्यक्रमलाई प्रभावकारी तथा सफल बनाउन सहयोग पुर्‍याउने सबै उच्च पदाधिकारी, लायन लिडर, सेवालिनु हुने सेवाग्राही, प्रशिक्षक डा. प्रकाश नाग तथा सिद्धार्थ बैंक परिवारप्रति लायन्स क्लब अफ नेपालगन्ज जीवनले हार्दिक आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *