रैथाने तथा होम स्टेका पिता ढकाल

विचार/व्लग

नेपालको कृषि इतिहास संस्कृतिको जरा खानाको पहिचान र जीवन शैलीको आधार खोज्ने हो भने उत्तर सधैँ  रैथानेपन तिर फर्किन्छ। भोकमरी, विपत्ति, रोग भोजन संकट पहिचान संकट यी सबैसँग लड्न हजारौँ वर्षदेखि नेपाली समाजले रैथाने बाली  रैथाने बीउ र रैथाने ज्ञानलाई ढाल र अस्त्र बनाएको छ। तर आधुनिकता, बजारवाद आधुनिकीकरण र आकर्षक विदेशी बालीको मोहले गर्दा हामी आफैँको धरोहर गुमाउँदै गइरहेका थियौँ। रैथाने बीउहरू हराउँदै थिए परम्परागत स्वाद हराउँदै थियो पहिचान लोपिँदै थियो, गाउँको जीवनशक्ति मर्दै थियो। यही खतराको घडीमा एउटा मान्छेले आवाज बुलन्द  गर्यो शान्त, धैर्यवान, तर दृढ संकल्प सहित । उहाँको  नाम तिलक ढकाल जागिरे जीवनलाई छोडेर सुविधाको कोठी त्यागेर रैथानेपनको लागि लड्ने निर्णय गर्नु कुनै साधारण विद्रोह थिएन यो युगको संशोधन थियो। उहाँले भने रैथाने कृषि उत्पादन मात्र हैन हाम्रो मूल हो, हाम्रो जरा हो, हाम्रो पहिचान हो। यही चेतना प्रतिवद्धता र अभ्यासका कारण उहाँ  आज रैथानेका पिता भनेर पहिचान बनाउनु भएकोछ । उहाँ  केवल नेतृत्वकर्तामात्र हुनुहुन्न  रैथाने आन्दोलनका वाहक जैविक विविधताका संरक्षक, किसानका साथी र भविष्यका मार्गनिर्माता हुनुहुन्छ ।

तिलक ढकालको यात्रा सामान्य पृष्ठभूमिबाट सुरु हुन्छ। जागिरे सेव स्थिर आम्दानी, निश्चित जीवनशैली, आरामदायी भविष्यको सम्भावना यी सबै उहाँको  सामु थिए। तर मनमा बुझ्न नसकने एउटा आवाज थियो उहाँको   देश हराइरहेको छ, बीउ हराइरहेको छ, स्वाद हराइरहेको छ, पहिचान हराइरहेको छ। उहाँले बुझ्दै जानू भो नेपालको आर्थिक शक्ति र सामाजिक अस्तित्वको केन्द्र शहर होइन  गाउँ हो। गाउँको मेरुदण्ड किसान हुन ।  किसानको आत्मा रैथाने बीउ हो। यही सत्यले उहाँलाई जीवन बदल्ने निर्णय गरायो। उहाँले जागिर छाडेर आफ्नै हातमा खेतीको माटो समात्नु भो । बीउ संकलन गर्न थाल्नु भो  पहाड पहाड, गाउँ गाउँ हिँड्न थाल्नु भो । हराउँदै गरेका बीउ फेला पार्ने र संरक्षण गर्न थाल्नु भो । वृद्ध आमाबुबाको घरभित्र सेतो चामलका पुराना भकार, बाज्राजस्ता कडा मकैका बीउ, बन्सुरीझैँ सुगन्धित कागुनी धान, जौ, कोदो, फापर, जिम्बु, सिस्नु,सिमि , च्याउ, साग यी सबै उहाँको शोधको कक्ष बनिरहे र आज राजधानीमा रैथाने बजार लगाउन सफल हुनुभएको छ । उहाँले बीउलाई वस्तु होइन, इतिहासको जीवित दस्तावेजजस्तो बनाउनु भएको छ  । समयसँग लडेर विलुप्ततासँग भिडेर उहाँले बीउ जोगाउन थाल्नु भो । बीउ जोगाउनु भनेको भविष्य जोगाउनु हो तेही दर्शनले उहाँको जीवनको रूपान्तरण भयो।

उहाँको काम व्यक्तिगत प्रयासलाई सफल बनाउन  उहाँले संस्थागत संरचना निर्माण गर्नु भो । आज उउहाँ  विश्व प्रकृति संरक्षण नेपाल (WWN Nepal) का अध्यक्ष हुनुहुन्छ । उहाँ  रैथाने एग्री प्रोडक्ट्स नेपालको संस्थापक सफल  नेतृत्वमा हुनुहुन्छ । यस्ता संस्थाहरू केवल नामका संस्था होइनन् यी किसान र बजारबीच पुल हुन्। तिलक ढकालले गाउँका कोईली दिदीहरूको पसिनालाई शहरका उपभोक्तासँग जोड्नुभएको छ । किसानका बीउलाई मूल्य दिनु भएको छ । उब्जनीलाई पहिचान दिए। रैथाने उत्पादन महँगो होइनमूल्यवान हो भन्ने मन्त्रलाई उहाँले व्यवहारमा उतार्नु भएको छ । उहाँले परम्परागत उत्पादनलाई फरक पहिचान दिनु भो र  जैविक, पौष्टिक, औषधीय र सांस्कृतिको संरक्षण गर्न लाग्नु भएको छ । अनि उहाँले नयाँ पुस्तालाई बोलाउनु भो र बीउ जोगाउनु भनेको देश जोगाउनु हो। बीउ बैंक स्थापना, स्थानीय स्रोत संरक्षण अभियान, “One Youth One Plant” जस्ता अभियानमा उहाँ को  सक्रियता देखिन्छ। उहाँले केवल बाली मात्र होइन, वृक्षारोपण, हरियाली,उ वातावरण संरक्षण र ग्रामीण अर्थतन्त्रमाथि पनि ध्यान दिए। उहाँ  बुझ्थे वन, बीउ, बाली, किसान र वातावरण अलग अलग विषय होइनन् उही जीवनचक्रका पाँच पाटा हुन्। र यही समग्र दृष्टिले उहाँलाई विशिष्ट बनाएको छ।

तिलक ढकालको प्रभाव केवल कृषि उत्पादनमा सीमित छैन यो सांस्कृतिक पुनर्जागरणको अभियान हो। उहाँले देखाउनु भएको रैथानेपन हारेको इतिहास होइन, जित्ने भविष्य हो। परम्परा प्रगतिको बाधक होइन, प्रगतिका जरा हुन्। उहाँका भाषण, उहाँका गरिमा, उहाँका कर्म सबैले एउटा कुरा भन्छन् नेपालले समृद्धि खोज्न विदेश हेर्नुपर्दैन, आफ्नै माटो हेर्नुपर्छ। उहाँले किसानको आत्मबल उठाउनु भएको छ  किसान गरिब होइन, किसान धनी बनाउन नसक्ने व्यवस्थापन गरिब हो उहाँले रैथानेपनलाई केवल खाद्यान्नको विकल्प होइन, राष्ट्रको रणनीति बनाउनु भएको छ । पर्यटनसँग जोडिएर, होमस्टे प्रवर्द्धनमार्फत उहाँले गाउँको अर्थतन्त्रमा नयाँ रक्तसञ्चार ल्याउनु भएको छ होम स्टेको पिताको रुपमा उहाँलाई चिन्न सकिन्छ । कृषि, पर्यटन, पहिचान, स्वाद, स्वास्थ्य यी सबैलाई एउटै सूत्रमा बाँध्न सक्ने दृष्टि कमैमा हुन्छ। त्यसैले तिलक ढकाल आज केवल अभियानकर्ता भैइ युवाहरुका सत  मार्गदर्शक   हुनुहुन्छ ।

तिलक ढकाल होमस्टेका पिता गाउँ समुदायको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने एक दूरदर्शी व्यक्ति मानिनु हुन्छ । नेपालमा होमस्टे अवधारणा धेरैलाई नयाँ भएको समयमा उहाँले गाउँमै बसेर आम मानिसलाई आत्मनिर्भर बनाउन सकिने उत्कृष्ट उपाय होमस्टे नै हो भन्ने कुरा बुझाउन निरन्तर प्रयास गर्नुभयो। गाउँको संस्कृति, बासस्थान, परम्परागत खाना र ग्रामीण जीवनशैली नै पर्यटकका लागि आकर्षण बन्न सक्छन् भन्ने विश्वास उहाँमा गहिरो थियो। उहाँकै सोच, मेहनत र प्रेरणाले तिलक ढकालले होमस्टे सम्बन्धि ज्ञान्ले पहिलो कदम चालेको हो, जसले पछि धेरैलाई मार्गदर्शन गर्ने एउटा उदाहरणको रूपमा काम गरेको छ र उहाँ सबै होम स्टेलाई दिगो सम्म राख्नको लागि आफ्नो सीप  तालिम दिने गर्नु भएको छ।

उहाँले होमस्टे केवल पर्यटन व्यवसाय मात्र होइन, गाउँमा रोजगारी सिर्जना गर्ने ठूलो माध्यम पनि हो भनेर बुझाउन धेरै ठाउँमा परामर्श, सहयोग र प्रेरणा दिनुभएको थियो। महिलाहरूलाई घरेलु परिकारले आय बढाउन सकिन्छ, युवाहरूले कृषि, जनावर पालन र स्थानीय सिर्जनालाई पर्यटनसँग जोडेर नयाँ अवसर पाउन सक्छन् भन्ने कुरामा उहाँ सदैव अडिग रहनुभयो। उहाँका यी सकारात्मक सन्देशहरूले गाउँका धेरै मानिसमा आत्मविश्वास जगायो। परम्परागत घर, स्थानीय वातावरण र आत्मीय व्यवहार नै विदेशीसँग जोडिने पुल बनेपछि उहाँले भनेजस्तै पर्यटन गाउँमै आइपुग्यो, र गाउँका मानिसलाई शहर जानै नपरी आम्दानी गर्न सकिने प्रमाणित भएकोछ।

उहाँको लगनशीलता तथा प्रेरणाले देध भरिका होमस्टेको सफलतासँगै गाउँमा आर्थिक गतिविधि बढ्यो, खेतबारीमा उत्पादन बढ्यो, स्थानीय परिकारहरूको माग बढ्यो र बिर्सिँदै गएको संस्कृतिको पुनर्जागरण पनि भयो। गाउँका मानिसले आफ्नै पहिचान, आफ्नो भाषा, आफ्नो संस्कृति पर्यटकलाई देखाएर गर्व गर्न सिके। यसले केवल आयमात्र बढाएन, गाउँमा आत्मसम्मान र सिर्जनशीलताको नयाँ उचाइ पनि ल्यायो। उहाँकै उदाहरणबाट प्रेरित भएर आज देशभर सयौँ होमस्टेहरू सञ्चालनमा आएका छन्। प्रदेशदेखि स्थानीय तहसम्मका निकायहरूले पनि उहाँले देखाएको बाटोलाई संस्थागत रूपमा अघि बढाए। ग्रामीण पर्यटनलाई मुख्य आयस्रोत बनाउन सकिन्छ भन्ने बोध राष्ट्रव्यापी फैलियो र गाउँ गाउँमा होमस्टे खोल्ने लहर चलेको छ। धेरै युवाले विदेश जाने सोच छोडेर गाउँमै बसेर आत्मनिर्भर बन्न थालेका छन्। यस परिवर्तनको मूल प्रेरक शक्ति नै हुनुहुन्छ तिलक ढकाल ज्यु उहाँ  होमस्टेका पिता नै हुनुहुन्छ जसले आफ्नै अनुभव, व्यवहार र सकारात्मक सोचले नेपालभरका होमस्टे सञ्चालकलाई उत्साह, विश्वास र मार्गदर्शन प्रदान गर्नुभयो।

उहाँजस्तो व्यक्तित्वका कारण आज नेपालका होमस्टेहरू केवल पर्यटनका संरचना मात्र हुनुहुन्न । ग्रामीण विकास, संस्कृतिको संरक्षण र समुदायको आर्थिक सबलीकरणका आधारस्तम्भ बन्जु भएको छ । उहाँको योगदानले गाउँको जीवनस्तर मात्रै उकासेन, सम्पूर्ण देशभर एउटा नयाँ आर्थिक सम्भावनाको ढोका पनि खोलेको छ। यसैले, तिलक ढकाल ज्यु  होमस्टेका पिता प्रेरणादायी ब्यक्तित्व , ग्रामीण पर्यटनका आधारशिला र हजारौँ होमस्टे सञ्चालकका गुरु अथवा होमस्टे पिताको  रूपमा सम्मानित र परिचीत  हुनुहुन्छ।

तिलक ढकाल एउटा नाम होइन एक युगको आवश्यकता हो। विश्व climatic संकटको त्रासमा बाँचेको छ। खाद्य संकट, रोग, वातावरणीय असन्तुलन सबै बढ्दैछन्। यस्तो समयमा रैथाने बीउ, स्थानीय उत्पादन, जैविक विविधता, टिकाउ कृषि यी नै समाधान हुन्। तिलक ढकालले यही चेतना बोकेर देशलाई नयाँ बाटो देखाइ रहनु भएको छ  उहाँले  युवा पुस्तालाई शिक्षा दिनु भएको छ प्रेरक बन्नु भएको छ गौरव विदेशमा होइन, माटोमा हुन्छ भन्ने सन्देश दिनु भएको छ । विकास इमारतमा होइन, बीउमा हुन्छ। समृद्धि पैसामा होइन, पहिचानमा हुन्छ। तिलक ढकालले सुरु गरेको यो यात्रा केवल उहाँको निजी सपना होइनयो नेपालका किसानको  भविष्य हो। यदि देशले सुन्न सक्यो भने रैथानेपन अतीत होइन, नेपालको समृद्धिको नक्सा बन्न सक्छ।
हाम्रो देशमा उहाको योगदान  सधैं एउटा चम्किलो नक्षेत्र जस्तै चम्किनेछ रैथानेका गुरु  होम स्टेका पिता  आदरणीय तिलक ढकाल ज्यु  प्रती सत सत नमन ।
जय किसान
जय होमस्टे
जय रैथाने क्रान्ति ।
लेखक: हरित तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *