नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा गरेको आज छैटौं दिन भएको छ । असोज ११ गतेदेखि कालोपट्टी बाधेर विरोध जनाउँदै आन्दोलन उत्रिएको भएपनि कार्तिक १ गते पत्रकार सम्मेलन गरेका युनियनहरुले कार्तिक २ गतेदेखि प्रशासन, फाइनान्स, ओ-पी-डी- सेवामा तालाबन्दी गरेको आज छैटौं दिन भएको छ तर व्यवस्थापन पक्ष भने गम्भीर नभएको आरोप युनियनले लगाएको छ ।
कर्मचारी युनियनहरुले कानुनी प्रक्रिया पूरा गरि राखेका जायज मागहरु प्रति व्यवस्थापन पक्ष गम्भीर नभएको युनियनहरुको भनाइ रहेको छ । कानुन सम्मत तरिकाले मागपत्र राखेर गरिएको आन्दोलनका मागहरुका बारेमा व्यवस्थापन पक्ष गम्भीर भएर पूरा गर्नुपर्ने तर्फ लाग्नुपर्नेमा उल्टै गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिदै हिड्दै गरेको आन्दोलन कमिटीका केन्द्रीय संयोजक यम बहादुर खड्काले बताउनुभयो ।

छलफल र सम्बादबाट मागहरु सम्बोधन गर्नुपर्नेमा डरधम्की दिएर आन्दोलन बिफल तुल्याउने काम गरिएका त्यसको भागिदार संस्था हुनुपर्ने आन्दोलन समितिका केन्द्रीय सह संयोजक कुश्माखर बस्यालले बताउनुभयो ।
श्रम ऐनलाई टेकेर कानुन सम्मत तरिकाले गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप नगरि वार्ताको माध्यमबाट टुंगोमा पुर्याउनु पर्ने कर्मचारीले युनियनको भनाइ रहेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सह सचिव भोलानाथ गुरागाईको टीम सहितको मध्यस्थता वार्ता टोली गठन गरिएको र उक्त टीम पर्सि सम्ममा बाँकेमा आइ आफ्नो काम सुरु गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।


