सीप मुलक तालिमको अनुगमन

लुम्बिनी प्रदेश बिशेष शिक्षा

पहल केसी

बैदेशिक रोजगार बोर्र्डको सचिवालयको आर्थिक सहयोगमा भेरी प्राविधिक शिक्षलय नेपालगञ्जले बर्दियामा संचालन गरेको एक महिने छोटो अवधिको सिपमूलक तालिम अनुगमन गरिएको छ ।
बुधबार बैदेशिक रोजगार बोर्ड सचिवालयका प्रशिक्षण तथा अनुसन्धान शाखाका निर्देशक उपसचिव सिता दुवाडीको निर्देशनमा शाखा अधिकृत गायत्रा अधिकारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत दिनेश ढकाल, सामी परियोजनाका प्रमुख सुरेन्द्र मोहन यादव र भेरी प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख आशा कुमारी श्रेष्ठ लगायत बर्दियाका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा उक्त तालिमको अनुगमन गरिएको हो ।
गत माघ १७ गतेदेखि सञ्चालनमा आएको छोटो अवधिको सिपमूलक तालिममा बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ मा डकर्मी, वडा नं. ५ मा डकर्मी र पलाम्बरसम्बन्धी तालिम दिइएको थियो । त्यस्तै बढयाताल गाउ“पालिका वडा नं. ९ र मधुवन नगरपालिका वडा नं. ९ मा घरेलु विधुत जडान (इलेक्ट्रिकल) सम्बन्धी एक महिने सिपमूलक तालिम संचालन गरिएको थियो ।
अनुगमनका क्रममा तालिमको प्रभावकारिता, तालिम व्यवस्थापन, शैक्षिक सामाग्रिहरुको प्रायप्तता तथा तालिम पश्चिात प्रशिक्षार्थीहरुको भावि योजनाका बारेमा गहणरुपमा छलफल गरिएको भेरी प्राविधिक शिक्षालय नेपालगञ्जका शिक्षालय प्रमुख आशा कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमनमा सहभागि हुनुभएका स्थानीय जनप्रतिनिधि मधुवन नगरपालिकाा वडा नं. ९ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतले आफ्नो वडाका युवाहरुलाई यस्ता खालका व्यवसायीमुखी तालिमहरु संचालन गरेर युवाहरुलाई व्यवसाय तथा रोजगारमा जोड्न मद्दत पुगेको बताउदै बैदेशिक रोजगार बोर्डको सचिवालय र भेरी प्राविधिक शिक्षालय नेपालगञ्जलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता सिपमूलक तालिमहरुको संचालन गराउन आग्रह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *