निकुञ्जमा समाचार संकलन गर्न गएका पत्रकार शाही र निकुञ्जका रेन्जर धिताललाई स्थानीयद्वारा हातपात

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बाँकेको राष्ट्रिय निकुञ्जमा समाचार संकलनका लागि गएका कोहलपुर टुडेमा पत्रकार डिल्ली शाहीलाई र बाँके राष्ट्रिय निकुञ्ज का रेन्जरलाई स्थानीयले कुटपिट गरेका छन्

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु थियो । सोही विषयमा रिपोर्टिङका लागि पत्रकार शाहीले भिडियो बनाउदा कुटपिट गरेको बताएका छन् भने रेन्जर जयहरी धिताल लाई घटनास्थलमा ढिलो आएको भन्दै राप्तीसोनारी ९ बुच्चापुरका स्थानियहरुले कुटपिट गरेका हुन् ।

आक्रमण पछि बाँके राष्ट्रिय निकुञ्जले कुनै पनि रेसपोन्स नगरेको भन्दै आक्रोस पोखेका स्थानियहरुले गुनासो गरेका हुन् । रेन्जरलाई कुटपिट गरेको भिडियो बनाउने क्रममा कोहलपुर टुडेका पत्रकार डिल्ली शाहीमाथि भिडियो डिलिट गर्न पठाई कुटपिट गरेका हुन् ।

समाचार संकलन गर्न गएका कोहलपुर टुडेका पत्रकार शाहीलाई पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै उनीहरुले कुटपिट गरेका हुन् । मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका दल बहादुर खड्कालाई समेत हातपात गरेको खड्काले बताए । उक्त ठाउँमा दुई जना स्काउट समेतलाई घकलपकड गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *