काठमाण्डौं – थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । अस्पतालले स्नातक तह ( बि.एन./बि.एस.सी.)अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब ३७ हजार कायम गरेको जनाएको हो ।
अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक कर्मचारीहरुको पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो ।

हस्पिटलले कर्मचारीहरुको मन उच्च राख्न बढ्दो महंगीलाई मध्यनजर गर्दै तलव वृद्धि गरिएको जनाएको छ । अस्पतालले उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
