खजुरा गाउँपालिकाका करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

बाँकेको  खजुरा गाउँपालिकाले करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीलाई योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको छ।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८२/१/१ को राजपत्रमा प्रकाशित सुचना र मन्त्रालयको  निर्णय अनुसार, करार सेवामा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा योजनामा सामेल गराउनका लागि खजुरा गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको हो।

खजुरा गाउँपालिका प्रशासन शाखाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले गाउँपालिकाका सबै करार कर्मचारीलाई सात दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सूचना जारी गरेका छन्।

पौडेलका अनुसार योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि कर्मचारीहरूले स्वास्थ्य, मातृत्व, पेंशन लगायतका विभिन्न सुरक्षा सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

आवेदनका साथ पेश गर्नुपर्ने कागजातमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पर्ने निवेदन, नियुक्ति पत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजका दुई प्रति फोटो समावेश छन्।

गाउँपालिकाले यो निर्णयले  करारमा कामगर्ने कर्मचारीहरुको मनोबल बढेको र अझ कामप्रति लगनशील र बफादार बन्न प्रेरणा मिलेको  बताएका छन् ।
हेर्नुहोस् सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *