नेपालगंज :युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले आफ्ना माताहतका कमिटिका युवा संघका नेता तथा कार्यकर्तालाई देशमा बाढी तथा पहिरोको कारण थप क्षति र जनाधनको नोक्सान हुन नदिन तत्काल उद्दार तथा राहत सहयोगको लागि जुट्न निर्देशन दिएको छ ।
साथै युवा संघ नेपालले देशको विभिन्न स्थानमा आएको अत्याधिक वर्षाका कारण ज्यान गुमाउनेको परिवार तथा भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान लागि तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग मागका साथै अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार तथा राहत वितरण गर्न सरकार संग माग गरेको छ ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा र सचिव चन्द्रकान्त न्यौपानेद्वारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा बिपत्तिमा ज्यान गुमाएका सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समबेदना व्यक्त गर्दै ज्यान गुमाउनेको परिवार तथा भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान लागि तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग मागका साथै अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार तथा राहत वितरण गर्न माग गरिएको छ ।

