नेतृत्व वस्तुगत र राजनितिक आवयकता अनुसार हस्तान्तरण गर्नुपर्छ

विचार/व्लग

लेनिन भन्नुहुन्छ- “प्रचार कहिल्यै खेर जाँदैन बिउ छरेपछि त्यसले फल दिन्छ।” आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महान वर्गसंघर्षको गौरवशाली र चुनौतिपुर्ण चुचुरो चुम्दै यहाँसम्म आईपुगेको छ।पार्टीको विचार, योजना, निति र कार्यक्रमको वैज्ञानिकता , सर्वहारा वर्गप्रतिको अटुट निष्ठा तथा श्रमजिवि जनसमुदाहरुको हितका खातिर जस्तोसुकै कठिनाईको सामना गर्न र बलिदानी  दिन तयार रहन उच्च आदर्शयुक्त्त प्रतिवद्वताले नै आज हामीलाई यो गौरवशाली स्थानमा ल्याई पुर्याएको हो।

सन १९९० को दशकपछि विश्वमा आएको राजनैतिक फेरबदलसँगै चारैतिर साम्राज्यवाद,  विस्तारवाद, प्रतिक्रियावाद, दलाल पुँजिवाद र घरेलु सामन्तवादका अवशेषहरुद्वारा घेरीएको आजको प्रतिकुल परिस्थितिमा समेत मालेमावादको रक्षा, प्रयोग र विकासलाई सहि ढंगले अघि बढाउन सक्नुमा नै हाम्रो मालेमावादप्रतिको उच्च कर्तब्यबोध हुनेछ।यसैमा हाम्रो भाबि विजयको ग्यारेन्टी समेत अन्तरनिहित हुनेछ।

       नेतागणहरु  हामी यहाँसम्म आईपुग्दा वर्गसंघर्षको विकासको नियमसँगै हामी भित्रको अन्तरसंघर्ष बढी चुनौतिपूर्ण र पेचिलो बनेर उभिएको छ जुन वर्गसंघर्षको विकासको नियमभन्दा अँझबढी चुनौतिपूर्ण हुनेकुरा निश्चित छ। परन्तु, वर्गसंघर्षको क्षेत्रमा आउने नयाँखाले चुनौतिले पार्टिभित्र नयाँखाले विचारधारात्मक संघर्षको विकास गरेर लैजान्छ भने दुईलाईन संघर्षको नाममा उठाईने अर्कोखाले चुनौतिले अवसरवाद, बितन्डवाद र व्यबहारवादलाई सजिव ढंगले विकास गरेर लैजान्छ।यो मार्क्सवादमाथिको प्रहार नै हो जसलाई हामीले सारसंग्रहवादको रुपमा बुझ्नु पर्दछ।

जतिबेला हामी बलियो बन्ने अवस्थामा पुग्छौं त्यतिबेला नै हाम्रो पार्टीभित्र कथित बिचारको बहस, संगठन र कार्यशैलिमा रुपान्तरणको आवस्यकता घनिभुत बनाईन्छ। के यो क्रान्तिकारी रुपान्तरणको सजिव आवश्यकता हो?  के यो पार्टीभित्र लाईन संघर्षको उठान गर्नेबेला हो? हामी जनतासँग जोडिएको बेला, हाम्रो अवस्था अलि सुदृढ भएको बेला, जनताले हामीलाई आफ्नो नजिक बोलाएको बेला नै पार्टीभित्र देखिएको आत्मकेन्द्रीत ब्यक्तिवादी अराजकतावाद, पदलोलुपता, अस्वस्थ प्रस्तिस्पर्धा जस्ता बिजातिय प्रबृत्तिहरुले टाउको ठड्याउने खतराप्रति हामीले सचेत किसिमले धक्का दिनु पर्दछ।

पार्टीभित्र बिचारधारात्मक संघर्ष र सुद्विकरणको सवालबारे पनि घनिभुत रुपमा उठान गर्नु पर्दछ।वर्गसंघर्षको विकासको सामना गर्न बिचारधारात्मक संघर्ष र सुद्वीकरणको प्रक्रियालाई सहि ढंगले अघि बढाउन आमरुपमा पार्टीले ठूलो कसरत गर्नु पर्दछ। पार्टीभित्र राजनीतिक वहस चलाउनुपर्छ, माक्र्सवादी सिद्धान्तको अनुसरण गर्नुपर्छ र नेतृत्व हस्तान्तरण पनि गर्नुपर्दछ । हामी कम्युनिस्ट विचारधाराका मान्छेहरु लोभी पापी नभई आम जनताको पक्षमा, सर्वहारा वर्गको पक्षमा, महिला, जनजाति, पिछडिएका वर्ग, मधेसी, मुस्लिम सबैलाई माथि उठाउन पहल गर्नुपर्छ । यसरी पार्टी नेतृत्व पंक्तिले एउटा आन्दोलनमा टेकेर होइन कि वस्तुगत र राजनीतिक आवश्यकता अनुसार स्वतह नेतृत्व हस्तान्तरण गर्नु सच्चा राजनीतिक धर्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *