शिक्षा मन्त्री पुनको साधारण जीवनशैली : पदमा रहेर पनि जनतामाझैँ जीवन

जीवनशैली

पोखरा:   नेपालका शिक्षा मन्त्री महावीर पुन आफ्नो साधारण र जनमुखी जीवनशैलीका कारण पुनः चर्चामा आएका छन्। हालै सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्वीरमा उनी पोखरादेखि काठमाडौं जान  विमानस्थलको प्रतीक्षालयमा सामान्य यात्रुहरूसँगै कुर्दै मोबाइल चलाउँदै बसेका देखिन्छन्।

नेपालका मन्त्रीहरु  र उच्चपदस्थ व्यक्तिहरू प्राय विशेष सुरक्षासहित, भव्य गाडी र भीडभाडबाट टाढा देखिने प्रचलन रहँदै आएको छ। तर, महावीर पुन भने सधैं सर्वसाधारणको जस्तै सरल र मिलनसार व्यवहारका कारण विशिष्ट र चर्चित  मानिन्छन्।

उनी प्रायः सार्वजनिक यातायात प्रयोग गर्ने, सादा पोसाक लगाउने र अनावश्यक प्रोटोकलभन्दा टाढा रहने गर्छन्। यही कारण उनलाई “जनताको मन्त्री” भनेर समेत सम्बोधन गर्ने गरिएको छ ।

शिक्षा क्षेत्रमा सुधार, प्रविधिको प्रयोग र अनुसन्धानमूलक शिक्षामा जोड दिने पुन अहिले पनि विद्यालयदेखि विश्वविद्यालयसम्मको सुधार अभियानमा सक्रिय छन्।

जनताले भने उनको यस साधारण जीवनशैलीप्रति प्रशंसा व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन् — “यस्ता इमानदार र सरल नेताले नै देश बदल्न सक्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *