सहरी विकास तथा भवन कार्यालयको चरम लापरबाही : भोलिको मितिको सूचना  आजै जारी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगञ्ज- लुम्बिनी प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय, नेपालगञ्जले चरम लापरबाहीपूर्ण ढंगले भोलिको मितिको कार्यक्रमसम्बन्धी सूचना आजै (मिति २०८२/०६/२१) गते नै प्रकाशित गरेको छ। कार्यालयले “जनता आवास निर्माणका लागि लाभग्राही छनोट सम्बन्धी निर्देशन” शीर्षकमा सूचना निकाल्दै मिति २०८२/०६/२८ गते सम्मका लागि आवास लाभग्राही छनोट कार्यक्रमका लागि निवेदन आव्हान गरेको छ ।

सहरी विकास तथा भवन निर्माण कार्यालयले  आश्चर्यजनक रूपमा सो सूचना कार्यक्रम हुनुभन्दा एक दिनअघि मात्र सार्वजनिक गरिएको छ, जसले यस कार्यप्रति गम्भीर प्रश्न उठाएको छ। सामान्यतया सार्वजनिक सूचनामा जनतालाई तयारीका लागि पर्याप्त समय दिने चलन रहँदै आएकोमा यो सूचना भने अत्यन्त हतारमा हचुवाका भरमा पत्रनै नहेरी  जारी गरिएको देखिन्छ।

सूचनाअनुसार नेपालगञ्ज उपमहानगरपालिका, वडा नं १७,  जानकी गाउँपालिका वडा नं १ र ६, र खजुरा गाउँपालिकामा वडा नं ३ गरी कुल ८ वटा आवासका लागि लाभग्राही छनोट प्रक्रिया हुने उल्लेख गरिएको छ। तर सूचनाको मिति र कार्यक्रमको मिति अत्यन्त नजिक पर्नुले सम्बन्धित सरोकारवालामाझ कार्यालयको व्यवस्थापकीय कमजोरीप्रति असन्तुष्टि देखिएको स्पष्ट छ।

स्थानीयहरूका अनुसार यस्तो हतारमा सूचना प्रकाशित गर्नु जनताको पहुँच र सहभागितालाई अवमूल्यन गर्ने कार्य हो। “लाभग्राही छनोटमा पारदर्शिता र निष्पक्षता आवश्यक हुन्छ, तर सूचना नै कार्यक्रमको अघिल्लो दिन मात्र निकाल्नु भनेको स्पष्ट रूपमा लापरबाही हो,” एक स्थानीय सामाजिक अभियन्ताले बताए।

यस  विषयमा सहरी विकास तथा भवन कार्यालयका अधिकारीहरूले भने अहिले सम्म कुनै औपचारिक स्पष्टीकरण दिएका भने छैनन्।

हेर्नुहोस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *