बाँके कांग्रेसले भोलि प्रदेश मन्त्री हमाललाई सम्मान तथा चियापान कार्यक्रम गर्दै

विचार/व्लग स्थानीय तह

नेपालगन्ज :  नेपाली कांग्रेस बाँकेले भोलि  लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भू- संरक्षण मन्त्री सुरेन्द्र हमाललाई बधाई तथा सम्मान  र पार्टीको नियमित दशमीको उपलक्ष्यमा गरिने चियापान कार्यक्रम पार्टी कार्यालयको  सभाहलमा दिउँसो १ बजे आयोजना गरेको छ । 

प्रत्येक साल कोजाग्रत पूर्णिमाको दिन आयोजना हुँदै आएको चियापान कार्यक्रमलाई कांग्रेस बाँकेले यसपटक पनि निरन्तरता दिएको हो । बडा विजया दशमी, दिपावली, नेपाल संवत्, छठ, मोहम्मद डे लगायतका पर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस बाँकेले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *