नेपालगन्ज ४ मा माओवादी केन्द्रका युवा नेता पुनको शानदार जीत

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका  वडा नं ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार गोपाल पुनको शानदार जीत भएको छ ।

उक्त वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा राप्रपाले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा  राम्रो छबि भएका पुनलाई जनताको साथ रहेको देखियो । उनी अघिल्लो स्थानीय चुनावमा हारेका थिए । हार पश्चात् उनी निरन्तर जनताको सुखदुःखमा साथ दिएका पुनलाई पार्टीको कटिबद्ध मत भन्दा पनि थप मत मिलेको स्थानीय बताउँछन्।

उनलाई त्यहाका जनताले विकास गर्न सक्ने व्यक्तिका रुपमा हेरेर मत दिएको प्रतिक्रिया दिएका छन् । हामीहरुले यसपटक पार्टी हेरेनौं विकास गर्नसक्ने व्यक्ति हेरेका छौं उहाँको काम हेर्न बाकी रहेको स्थानीय बासीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *