नेपालगन्ज : सामाजिक क्षेत्रमा सक्रिय रहेको मानवता नेपाल बाँकेले आज नेपालगन्जमा रहेको निल सागर आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष मधुसूदन अधिकारीको शुभ जन्मदिनको अवसर पारेर नील सागर सेवा आश्रममा चामल, तेल, नुन दाल, आलु प्याज सहयोग गरिएको हो ।

उक्त सेवामा रहेका भगवान् सरहका देवी देवताहरुलाई मानवता नेपालको टीमले खाना खुवाउने काम पनि गरेको थियोे । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मधुसूदन अधिकारी, सचिव केपी घिमिरे, सहसचिव नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष खुश्बु श्रीवास्तव, संस्थापक सचिव कमल बहादुर शाही लगायतको उपस्थिति रहेको थियोे ।
