नेपालगन्ज : जेनजी आन्दोलनको बेलामा भदौ २४ गतेका दिन प्रहरी चौकीमा भएको आगलागीबाट क्षति भएका प्रहरी चौकीमा पत्रकार आशिष मल्ल ठकुरी लगायतको टिमले रङ्ग रोगन गरी मर्मत गरिदिएका छन् । मल्ल ठकुरीको पहलमा अमेरिका देखि रु दुई लाख १६ हजार बढी रुपैया अर्थिक सहयोग आएको ठकुरीले बताए ।
बाँकेको नेपाल भारत सिमा क्षेत्र नेपालगन्ज रुपैडिया भन्सार नजिक रहेको इलाका प्रहरी कार्यालय जैसपुर चौकी भदौ २४ गतेको जेनजीको आन्दोलनमा आगलागी हुँदा भवन र कार्यालयमा भएका धेरै जसो समान जलेर नस्ट भएको थियो ।

दशै र तिहार जस्तो महान चाडपर्व नजिकै गर्दा लुटपाट चोरी जस्ता क्रियाकलाप हुन सक्ने अबस्थालाइ समान्य बनाउन र जनताको पैरवी गर्ने कुरामा नेपाल प्रहरीलाई असहज भएको हुँदा अमेरिकामा बसोबास गर्दै आएका हृदयका धनि २१ जना नेपालीले आफ्नो कमाइबाट रकम बचत गरी प्रहरी चौकी मर्मतका लागि २ लाख १६ हजार रकम पठाएको ठकुरीले बताए ।
रुकुम घर भई हाल अमेरिकामा रहेका व्यावसायिक टोपेन्द्र वली, तारक केसी, लक्ष्मन खड्का, प्रवेश वली, निर्मल रोकायको पहलमा सहयोग संकलन गरिएको ठकुरीले बताए ।
सहयोगीहरूमध्ये टोपेन्द्र वलीले २१ हजार , तारक केसीले १४ हजार ७ सय , लक्ष्मण खड्का, १४ हजार १ सय चालिस , निराजन खरेल, १० हजार ५ सय , महेन्द्र वलीले चार हजार २ सय, सुनिल खड्का, ७ हजार निर्मल रोकाया, ७ हजार बिबेक पौडेल,३ हजार ५ सय प्रबेश वली, १४ हजार १ सय चालिस प्रकाश कडेल, ४ हजार २ सय बिकास केसी, ७ हजार रमेश मल्ल, ७ हजार सुरेन्द्र बस्नेत, २ हजार आठ सय निरज प्रकाश, ५ हजार ६ सय सुसिल योगी, ७ हजार नबिन प्रकाश वलि ७ हजार जगदिस नकाल, ५ हजार ६ सय श्री कृष्ण बस्नेत, ४ हजार २ सय मान बहादुर मल्ल, ७ हजार तिलक रेउले ७ हजार लगायतका ब्यक्तिले करिब नेपालि २ लाख १६ हजार पठाएको सहयोग रकमबाट प्रहरी भवन पुन: मर्मत र आवश्यक सामाग्री खरिद गरी प्रहरीलाई आफ्नो जिम्मेवारीमा फर्काइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एस.पी. अङ्गुर जिसीले सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गर्दै प्रहरीले समेत आफ्नो जिम्मेवारीलाई इमानदारीता पुर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।
