शान्तिका लागि  म्याराथनका चिनारी हुन टिएस ठकुरी

विचार/व्लग

पश्चिम नेपालको प्रवेशद्वार मानिने बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज केवल सीमावर्ती व्यापारिक सहर मात्र होइन संस्कृतिको संगम र खेलकुदको सम्भावनाले भरिपूर्ण भएको ठाउँ  हो। नेपालगन्जले ओलम्पियन  रास्ट्रय क्रीकेटर तथा थुप्रै खेलका हस्तिहरु जन्माएको छ यस्तै मा उदाएका टिएस ठकुरी आज नेपालगन्ज म्याराथनका जनक भनेर पहिचान बनाएका छ्न  । देशभित्र खेलकुद विशेषगरी दौडजस्तै कठिन तर प्रेरणादायी खेललाई जीवन्त बनाउन ठकुरीको अथक पहलले नेपालको नक्शामा नयाँ पहिचान थपेको छ। उनले सहरलाई मात्र होइन सम्पूर्ण पश्चिम नेपाललाई दौडमार्फत स्वास्थ्य मैत्रीभाव र शान्तिको सन्देश दिने अभियानमा जोडिरहेका छन्। धारा नेपालगन्ज म्याराथनको जन्म सहित धेरै ठूलो  संघर्स छ उनको एक्लै कुनै कामको थालनी गर्नु त्यो पनि नेपालगन्ज जस्तो ठाउमा फलामक चिउरा जस्तै हो तर हार नमानी लागि रहे  र त आज अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएका छ्न । यतिमात्र नभई उनी AIMS (Association of International Marathons and Distance Races) का लागि नेपालका आधिकारिक दूत (Ambassador) समेत बनेका छन् जसले नेपालको म्याराथनलाई विश्वस्तरमा चिनाउने एक आधार तयार भएको छ।

टिएस ठकुरीको विशेषता उनी पत्रकार हुन , साईकल अभियानता हुन निडर अरुको मतलब नगर्ने केही न केही नयाँ गर्नु पर्छ भनेर योजनाहरु बनाई रहने र त्यही योजनामा तल्लीन भैइ रहने  एक यो ठाउको केही असल काम गर्ने  योजनाकार पनि हुन। दौडलाई सामान्य खेल प्रतियोगिता मात्र नभई सामाजिक हरित  र  शान्तीको  सन्देशसँग जोडेका छ्न ।

मंसिर ५ गते अर्थात् नेपालमा शान्ति सम्झौता भएको दिनलाई स्मरण गर्दै उनले नेपालगन्ज म्याराथनलाई स्थापित गरेका हुन्। यो दिन नेपाली जनताले द्वन्द्वपछिको शान्तिको यात्रा सुरु गरेको थियो र ठकुरीले त्यही यात्रालाई दौडमार्फत निरन्तरता दिने अठोट गरेका छन् र आज एक दशक हुन लाग्यो म्याराथनको  यसरी हरेक वर्ष हजारौं खेलाडी,विद्यार्थी, शिक्षक , स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ब्यापारी ,  सामाजिक अभियन्ता र नागरिकहरू दौडमार्फत एकैसाथ उभिन्छन्। उनीहरूको साझा उद्देश्य हुन्छ शान्तिको जगमा स्वस्थ जीवन र समृद्ध राष्ट्र निर्माण गर्नु। म्याराथनमा हरित दौड ,  ५ कि.मी, १० कि.मी, हाफ म्याराथन र फुल म्याराथनका विधा छन् जसलाई AIMS ले प्रमाणीकरण पनि गरिसकेको छ। यसले नेपालगन्ज मात्र नभई नेपालकै गौरव बढाएको छ। ठकुरीले खेललाई पाइला-पाइलामा शान्तिको सन्देश भन्ने दर्शनसँग जोड्दा उनले सिर्जना गरेको म्याराथन केवल दौड नभई सामाजिक शान्तिका लागि आन्दोलन देखिएको छ।

टिएस ठकुरीको कार्य  केवल स्थानीय सीमामा सीमित छैन। उनले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय खेलकुद पर्यटनसँग जोड्न खोजेका छन्। नेपालगन्ज नाइट रन (Night Run), हरित दौड  जस्तो अनौठो रचनात्मक कार्यक्रम पनि उनले ल्याए जुन AIMS बाट मान्यता प्राप्त भएको छ। रातमा उज्यालो बत्तीका बीच हजारौं दौडेर शान्ति, कला र पर्यटनलाई एकैसाथ जोड्ने त्यो क्षणले  अलौकिक  दृश्य सिर्जना गरेको छ । ठकुरीले नेपालगन्जलाई विश्व म्याराथनको नक्सामा ल्याउने सपना बोकेका छन् र निकै नजिक छ्न।अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आकर्षित गर्ने नेपालगन्जको होटल, रेस्टुरेन्ट, स्थानीय हस्तकला र संस्कृतिलाई प्रोत्साहन गर्ने उनको योजनाले नेपालगन्ज चलायमान र  आर्थिक अवसर आन्तरिक पर्यटनलाई  पनि सिर्जना गरिरहेको छ। यसरी उनले खेललाई व्यवसाय, पर्यटन र कूटनीतिक पहिचानसँग जोडेर राष्ट्रिय हितमा योगदान पुराएका य छन्। नेपालका दौड प्रेमीहरू मात्र होइन विदेशी खेलाडीहरूले समेत नेपालगन्जलाई आफ्नो खेल जीवनको एउटा गन्तव्य बनाउन सक्छ्न।

ठकुरीले म्याराथनलाई केवल खेलमात्र सीमित राखेनन्। उनले यसलाई समुदाय र संस्कृतिसँग गहिरो सम्बन्धमा जोडेका छ्न । नेपालगन्ज मन्थन, ठूलो रास्ट्रय स्तरको कन्क्लेभ विभिन्न बिधाका रास्ट्रका गहनाहरुलाई नेपालगन्ज ल्याएर कार्यक्रम गर्नु सजिलो होईन  विभिन्न  कला प्रदर्शनी जस्ता कार्यक्रमहरू म्याराथनसँगै आयोजना हुन्छन्। यसले खेलाडीहरू मात्र होइन, कलाकार, साहित्यकार, व्यापारी, विद्यार्थी, महिला समूह, सबैलाई एकै मञ्चमा ल्याउँछ। यही कारण म्याराथनले नेपालगन्जलाई शान्ति संस्कृति र खेलको राजधानी जस्तो पहिचान दिन थालेको छ। दौडमार्फत बालबालिकाले स्वस्थ जीवनशैलीको शिक्षा पाउँछन् युवाले आत्मविश्वास र उद्देश्यपूर्ण जीवनको बाटो रोज्छन् बृद्धले आफ्नो सन्देश नयाँ पुस्तासम्म पुर्‍याउँछन्। यसरी ठकुरीले म्याराथनलाई बहुआयामिक बनाए जसमा स्वास्थ्य, शिक्षा, पर्यटन, साहित्य र समुदायको भावना मिसिन्छ।

टिएस ठकुरी केवल आयोजक होइनन् युवाहरूका प्रेरणादायी व्यक्तित्व पनि हुन्। उनी आफ्नो कामलाई पेशा मात्र नभई जीवनको ध्येय ठान्छन् त्यसैले सफल छ्न । नेपालगन्ज म्याराथनले देखाएको सफलताले  पश्चिम नेपाललाई मात्र होइन सम्पूर्ण राष्ट्रलाई खेल मार्फत  नयाँ सम्भावना देखाएका छन्। ठकुरीको भनाइ छ दौड जीवन हो र जीवनलाई स्वस्थ शान्त र समृद्ध बनाउन दौड जरुरी छ। उनको लक्ष्य नेपालका हरेक प्रमुख सहरलाई दौडमार्फत एक आपसमा जोड्ने हो। भविष्यमा नेपालगन्ज म्याराथनलाई काठमाडौं, पोखरा, धरान जस्ता सहरहरूसँग अन्तर्राष्ट्रिय श्रृंखलामा जोड्ने उनको योजना छ। यसरी उनले नेपाललाई खेलकुद पर्यटनको केन्द्र बनाउने सपना बोकेका छन्। ठकुरीको यो अभियान केवल खेल प्रेमीको मात्र  होइनशान्ति संस्कृतिको खोजमा लागेका सम्पूर्ण नेपालीको साझा एक  सपना बनेको छ। टिएस नेपालगन्जका मानिसहरुलाई म्याराथन चिनाइने एक प्रेरक ब्यक्ति हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *