नेपालगन्ज : मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा घरघरमा मत माग्न नेताहरुको तछाडमछाड चलिरहेको छ । बाँके क्षेत्र नं २ ख बाट प्रदेशसभामा उठेका थुप्रै नेताहरु मध्ये अब्बल र युवा नेता नेकपा माओवादी केन्द्रका नेता अक्कल बहादुर बम मतदाहरुको रोजाइमा परेका छन् ।
आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को घरदैलो कार्यक्रममा मत माग्दै हिडेका बमलाई मतदाहरुले थप हौसला दिएको बमले बताए । अन्य पार्टीका नेताहरु भन्दा युवा र भिजन भएको तपाईं हुनुहुदो रहेछ यसपालिको भोट पार्टी नहेरी व्यक्ति हेरेर तपाईंलाई भोट दिन्छौं भनी स्थानीयले आश्वासन दिएको प्रदेशसभा सदस्यका उम्मेदवार बमले नागरिक पथलाई बताए ।
मतदाहरुलाई भोट माग्ने क्रममा जितेर गएपछि यश ठाउँका लागि काम गर्न सकिन भने अर्को पटक भोट माग्न आएमा मलाई लखेट्नु होला भनि भोट मागेका बमलाई नेपालगन्जका वडा नम्बर १ देखि १२ र १४ र १५ वडामा उत्तिकै हौसला दिएको उनले बताए ।
हाम्रो मुख्य एजेन्डा नै व्यवस्था परिवर्तन गर्यौ अब अवस्था परिवर्तन गर्नु रहेको हुदा यसपालि गठवन्धनका साझा उम्मेदवारहरुलाई जनताले साथ दिनेमा ढुक्क रहेको उनले बताए ।


