गुल्मेली समाज सेवा समिति बाँकेद्वारा तीज मिलन तथा सम्मान कार्यक्रम गर्दै

मुख्य खबर

नेपालगन्ज – गुल्मेली समाज सेवा समिति, बाँकेले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा तीज मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। समिति परिवारको आयोजनामा यहि श्रावण ३० गते, शुक्रबार दिउँसो १:०० बजे खजुरा रोडमा रहेको होटल पौँवामा कार्यक्रम हुनेछ।

सो अवसरमा बाँके  जिल्लामा बसोबास गर्ने सम्पूर्ण महिला दिदीबहिनी, बुबाआमा, दाजुभाइ तथा शुभेच्छुकहरुलाई ‘दर खाने’ कार्यक्रम सहितको भेटघाटमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको अध्यक्ष हरिलाल न्यौपानेले बताउनुभयो ।

समितिका अनुसार कार्यक्रममा गुल्मेली भाकामा तीजको गीत गाइने, आपसी भेटघाट र बाँके जिल्लाबाट गुल्मेलीका सन्तानहरु मध्येबाट एकजना छात्र र एकजना छात्रालाई उत्कृष्ट जि.पि.ए. ल्याउनेलाई  सम्मान गर्ने योजना रहेको गुल्मेली समाज सेवा समितिका सचिव हिमनाथ पौडेलले बताउनुभयो ।

कार्यक्रमले  तीज पर्वलाई एकताको अवसरका रूपमा उपयोग गर्दै समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्य समितिको रहेको समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *