ज्ञानपुञ्जको आयोजनामा आठ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न

जीवनशैली

काठमाण्डौं : ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजनामा र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा आठ दिने आधारभूत मेलमिलाप तालिमको समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्यतापूर्वक शनिबार सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रममा मेलमिलाप परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका माननीय न्यायाधीश कुमार रेग्मी प्रमुख अतिथि रहनु भएको थियो। उहाँले सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै, नेपालमा मेलमिलापको संस्थागत विकासमा ज्ञानपुञ्जको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो साथै, उहाँले नयाँ मेलमिलाप निर्देशिका अन्तिम तयारीको चरणमा रहेको बताउदै  जसमा कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिहरूलाई पनि अदालती मेलमिलाप प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था समावेश गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाल इन्टरनेशनल एडिआर सेन्टरका  कार्यकारी निर्देशक वरिष्ठ अधिवक्ता मातृका निराैला, प्रमुख प्रशिक्षक सतिश कुमार शर्मा,  प्रशिक्षक अधिवक्ता पेशल कुमार लुइँटेलले मन्तव्य   राख्नु भएको थियो । उहाँहरूले मेलमिलाप क्षेत्रको सम्भावना, व्यावसायिक अभ्यास, र समाजमा मेलमिलापको बढ्दो महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिम शैक्षिक रूपमा प्रभावकारी, शैलीमा आकर्षक, वातावरणमा रमणीय भएको बताउँदै, आयोजक संस्था तथा प्रशिक्षकप्रति आभार प्रकट गरेका थिए । सुकुलमा बसेर शुद्ध शाकाहारी खाना र मौलिक सांस्कृतिक स्वादको प्रयोगले तालिमलाई अझ स्मरणीय बनाएको सहभागीहरूको भनाइ थियो।

मेलमिलापको यात्रामा प्रशिक्षार्थीहरुलाई कहिल्यै नबिर्सनु होला भन्दै आयोजक संस्था र प्रशिक्षकहरुलाई सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरिएको  थियो ।

ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले विवाद समाधानका वैकल्पिक विधिहरूमा निरन्तर कार्य गर्दै आइरहेको छ। यसै सन्दर्भमा:
व्यावसायिक मध्यस्थता तालिम  यहीँ श्रावण ११ गतेदेखि १५ सम्म र आधारभूत मेलमिलाप तालिम (नवौं संस्करण): श्रावण १७ गतेदेखि २४ गते सम्म ज्ञानपुञ्ज स्कूल अफ लिडिरसिपको सभाहलमा आयोजना गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *