वाइसीएल नेपालले गर्नुपर्ने मुख्य कामहरू:

विचार/व्लग

के.पी. घिमिरे
नेपालगन्ज : नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल (योङ्ग कम्युनिस्ट लिग) नेपालले प्रत्यक्ष रुपमा जनतासँग ज‍ोडिएर निम्न बमोजिम कामहरू गरेमा वास्तविक रुपमा जनताको प्यारो संगठन बन्नेमा कुनै दुई मत नहोला ।

* युवाहरूलाई संगठित गरी राजनीतिक चेतना जगाउने:

कुनै जमानामा वाइसीएल भनेपछि भ्रष्टाचारीहरु, गलत काम गर्नेहरू डर मान्थे तर अहिले त्यो अवस्था रहेको पाइदैन । नेकपा माओवादी केन्द्रको  विचारधारा अनुसार युवाहरूलाई राजनीतिक रूपमा सक्रिय बनाउन वाइसीएलले भूमिका निर्वाह गर्नुपर्छ । 
क्याम्पस , कलेज, विद्यालय र स्थानीय स्तरमा वादविवाद, अध्ययन शिविर र प्रशिक्षण लगायतका कार्यक्रमहरुको  आयोजना गरेर पार्टी र संगठनको चेतना फैलाउने काम गर्ने। 

* सामाजिक न्याय र समानताको लागि संघर्ष:

भ्रष्टाचार , गरिबी, असमानता र शोषण विरुद्धको आन्दोलनलाई बढावा दिने जसको नेतृत्व संगठनले लिने काम गर्ने ।
त्यसैगरी महिला, दलित, जनजाति र पिछडिएका वर्ग  समुदायको अधिकारको लागि सडकमा आवाज उठाउने। 

* पार्टीको नीति र कार्यक्रमको प्रचार-प्रसार:

आफ्नो माउ पार्टी  नेकपा माओवादी केन्द्रको “जनयुद्धको अनुभव र लोकतान्त्रिक समाजवाद” को अभियानलाई प्रत्येक युवा र जनतासामु  पुगाउने। 
सोशल मिडिया, र्याली, जुलुस, पोस्टर, पम्पलेट पत्रिका आदिमार्फत पार्टीको सन्देश चारैतिर  फैलाउने। जनयुद्ध किन गरियो यसको उपलब्धि के भयो भन्ने विषयमा जनतालाई बुझाउने काम गर्ने ।

*सामुदायिक विकास र राहत कार्य:

– बाढी, पहिरो,  महामारी, भूकम्पजस्ता प्रकोप पीडितहरूलाई सहयोग पुर्याउने ।  बाटोघाटो बनाउनमा श्रमदान गर्ने ।
– शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय स्तरमा स्थानीय सरकारसंग सहकार्य गरेर परियोजना सुरु गर्ने।  शिक्षा र स्वास्थ्यमा  भएका बेथितिहरुलाई हटाउन अहम् भूमिका खेल्ने ।

* गठबन्धन सरकार र राष्ट्रिय मुद्दामा सक्रियता:
– नेकपा (माओवादी केन्द्र) को नीतिहरू कार्यान्वयन गर्न गराउन  सरकारलाई सडकबाट दबाब दिने। 
– संविधान संशोधन गर्नुपर्ने विषय भएमा संशोधनका लागि सक्रिय आवाज उठाउने , सामाजिक न्याय, राष्ट्रिय एकताका मुद्दाहरूमा युवाहरूलाई जोड्ने। 

*अन्तर्राष्ट्रिय युवा संगठनहरूसँग समन्वय:

विश्वका अन्य कम्युनिस्ट विचारधारा भएका  देशका कम्युनिस्ट युवा संगठनहरूसँग सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय एकजुटता बढाउन विशेष पहल गर्ने त्यसका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने, स्वयं आफै सहभागी हुने लगायतका कामहरू गर्ने । 
यसरी वाइसीएलले युवा शक्तिलाई केन्द्रित गरी राजनीतिक संघर्ष, सामाजिक न्याय, र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्नुपर्छ। यसले पार्टीको विस्तार गर्ने, युवाहरूलाई जोड्ने र वाइसीएल नेपालले जनआन्दोलनलाई मजबूत बनाउने दिशामा काम गर्न आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *