जि.भि.एन कलेज नेपालगन्जले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज- जि.भि. एन।. कलेज नेपालगन्जले शनिबार कक्षा ११ मा नवभर्ना भएका विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेश भण्डारीले गर्नुभएको थियो भने  कार्यक्रममा प्रमुख अतिथि होटल सेन्ट्रल प्लाजा कोहलपुरका जनरल मेनेजर राजेश फुयाल रहनु भएको थियो । कार्यक्रममा  विभिन्न क्षेत्रका अतिथिहरूले प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई भविष्यमा आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिएका थिए।

उक्त ओरियन्टेसन कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन, कोर्ष संरचना तथा भविष्यका अवसरहरूबारे कलेजका संयोजक खुमलाल शर्मा र कार्यकारी प्रमुख गणेश भण्डारीले जानकारी दिनु भएको थियो । त्यसैगरी नारायण मा.वि. नेपालगन्जका प्रधानाध्यापक बाबुतरुण गौतमले शुभकामना मन्तव्य राख्दै जि.भि.एन. मा.वि. मा मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमै उत्कृष्ट शिक्षा प्रदान दिने भएको हुदा ढुक्क भएर पढ्न र विद्यार्थीहरु भर्ना हुन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वारा  सांस्कृतिक प्रस्तुति देखाएका  थिए । मोटिभेसनल सत्र, र मनोरञ्जनात्मक कार्यक्रम समेत समावेश गरिएको थियो जसले विद्यार्थीहरूलाई थप उत्साहित बनाएको थियोे ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रिन्सिपल मान बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा  विद्यार्थी, शिक्षक, अभिभावक तथा कलेज व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *