भेरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जसगढ

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको व्यवस्थापन समितिको अध्यक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सकिल अहमद जसगढलाई नियुक्ति गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको मिति २०७९ असोज ६ गतेको बैठकको  निर्णयले उहाँलाई ३ वर्षको कार्यकालका लागि नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ । जसगढ नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ निवासी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *