नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले बुझाए स्वास्थ्य मन्त्री पौडेललाई ज्ञापनपत्र


नेपालगन्ज : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदिप पौडेललाई नेपालगन्ज मेडिकल कलेजमा आन्दोलनरत कर्मचारी युनियनहरुले स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय २०८१ मंसिर २७ गते गरेको सर्कुलरको विषयमा कार्यान्वयन गर्नका लागि ज्ञापनपत्र बुझाएका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुले मंसिर २६ गतेदेखि आन्दोलन गरिरहेका छन्  । सोमबार आन्दोलनको १३ औं दिन पुगेको  छ । व्यवस्थापन पक्षसँग पटकपटक वार्ता बसेपनि निष्कर्षमा नपुगेपछि कानुनी प्रक्रिया पुर्याएर आन्दोलनमा गएका थिए । उनीहरुले व्यवस्थापन पक्षसँग २०८१ असार ४ गते ७ बुँदा र ४५ उपबुँदा मागपत्र राखेका थिए ।

मन्त्री पौडेलले ज्ञापनपत्र बुझ्दै हामीलाई यहाँको आन्दोलनको विषयमा थाहा भएको र छिटोभन्दा छिटो टुंगोमा पुर्याउन पहल गर्ने बताउनुभएको आन्दोलन केन्द्रीय परिचालन कमिटीको संयोजक रत्ना गिरीले बताउनुभयो । उहाँका अनुसार मंसिर २७ गते गरेको निर्णय पहिलेका मन्त्रीले गरेको निर्णय भएको र आफुले निर्णय कार्यान्वयन गर्न लागेको मन्त्री पौडेलले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा कामगर्ने कर्मचारीहरु अन्य निजामती कर्मचारीहरु भन्दा भिन्न भएको हुदा उनीहरुको सेवा सुविधा फरक हुनुपर्ने अर्थात धेरै हुनुपर्नेमा  जोड दिनुभयो । उहाँले मन्त्रालयको सचिव स्तरीय निर्णय सरकारी, निजी, सामुदायिक सबै अस्पतालमा लागू गरिने बताउनुभय‍ो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल बाँकेको भेरी अस्पतालमा सिकलसेसका बिरामीको उपचारको लागि बनेको छुट्टै वार्डको उद्घाटन गर्न नेपालगन्जमा आएको मौका पारेर आन्दोलनरत कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र बुझाउने क्रममा वार्ता टोलीका सदस्य नारायण प्रसाद पोखरेलले ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो भने वार्ता टोलीका संयोजक रत्ना गिरी, सदस्य यम बहादुर खड्का र अनिता थापाले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *