नेपालगन्ज : कृषि बन तथा बृक्षारोपण कार्यक्रम अन्तर्गत पारिवारिक निजि बन संघ नेपाल जिल्ला शाखा बाँकेको आयोजना तथा डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा कार्यक्रम फरकफरक प्रजातिका फलफूल वितरण कार्यक्रम सम्पन्न भयेको हो । बाकेको खजुरा गाउँपालिका वडा न १ र जानकी गाउँपालिका वडा न २, ३,४ र ६ गरि करिब ५० कृषकलाइ आँप, लिच्चि, कटहर , अम्बा लगायत फलफूलका बिरुवा बितरण गरियेको पारिवारिक निजि बन संघ नेपाल जिल्ला शाखा बाँकेका अध्यक्ष सुनिल घिमिरेले जानकारी दिनु भयो ।
बितरण कार्यक्रम अन्तर्गत खजुरा गाउँ पालिका वडा न १ मा रहेका पारिवारिक निजी बन किसान र जानकी गाउँ पालीका वडा न २,३,४ र ६ का पारिवारिक निजी बन किसान हरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा जानकी गाउँ पालीका वडा न ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले किसानमुखी यस्ता कार्यक्रमले किसानको आय आर्जनमा वृद्धि तथा जलवायु र वातावरणमा समेत सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रमलाइ सहयोग गर्ने डिभिजन बन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्तालाई धन्यवाद दिदै जानकी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष जगदीश प्रसाद हरिजनले भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्दै कार्यक्रमको आयोजना गर्ने पारिवारिक निजि बन सघ नेपाल जिल्ला शाखा बाकेलाई समेत धन्यवाद व्यक्त गर्नु भयो ।
जानकी गाउँपालीका वडा न ३ का वडा सदस्य हुसैनी यादव , वडापारिवारिक निजि बन सघ नेपाल जिल्ला शाखा बाकेका पधाधिकारी, जनप्रतिनिधि , पारिवारिक निजी बन किसान तथा स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा ५ हजार बिरुवा बितरण गरियेको थियो ।
