गुल्मेली समाज सेवा बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन
नेपालगन्ज : गुल्मी जिल्लाबाट विभिन्न प्रयोजनका रुपमा बाँके जिल्लामा आई बसोबास गरेका गुल्मेलीहरुका सुखदुःखमा हातेमालो गर्ने उद्देश्यले गठन गरिएको गुल्मेली समाज सेवा बाँकेको २०८२ सालको क्यालेन्डर विमोचन भएको छ ।

बाँकेको खजुरा रोडमा रहेको होटल पौवामा शनिवार गुल्मेलीहरुको जमघटमा क्यालेन्डर विमोचन गरिएको गुल्मेली समाजका अध्यक्ष हरिलाल न्यौपानेले बताउनुभयो । समाजले बाँके जिल्लामा किरिया पुत्र भवन निर्माण देखि लिएर बैकुण्ठ धाम स्थापनाका लागि विशेष पहल तथा अन्य सामाजिक कार्यहरूमा सक्रिय सहभागी हुदै आइरहेको समाजका सचिव हिमनाथ पौडेलले बताउनुभयो ।
उक्त क्यालेन्डर विमोचन कार्यक्रममा होटल व्यवसायीका नेता भाष्कर काफ्ले, भिमलाल कंडेल, नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष प्रदिप सापकोटा, समाजका संस्थापक अध्यक्ष लक्ष्मण गौतम, सल्लाहकार मधु पौडेल लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
