महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका शिक्षक तथा विद्यार्थीहरुले क्याम्पस परिसरमा गरे सरसफाइ
नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानवशास्त्र विभागका शिक्षक तथा सोही विभागमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा सरसफाइ गरेका छन् ।

शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त विभागमा अध्यापन गराउनु हुने प्राध्यापक गोकर्ण शाहीको अगुवाइमा क्याम्पस परिसरमा सरसफाइ गर्नुका साथै त्यहाँ भएको नाली पनि सफाइ गरिएको थियोे । वर्षातको समय आगावै क्याम्पसमा सरसफाइ गरिएको शाहीले बताउनुभयो ।
मानवशास्त्र विभागले अध्ययनको संगसंगै अन्य अतिरिक्त क्रियाकलापमा पनि निरन्तर जोड दिदै आइरहेको छ । उक्त विभागले कहिले फुटबल खेल खेलाउने, कहिले चेस लगायतका कार्यक्रमहरु गर्दै आइरहेको उहाँले बताउनुभयो ।
