पाठेघरको क्यान्सर सम्बन्धि स्क्रिनीङ्ग स्वास्थ्य शिविरमा २ सय ३६ जनाको स्वास्थ्य जाँच

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा फागुन ५ गते शनिवार महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको स्क्रिनीङ्ग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पछिल्लो समयमा क्यान्सर रोग सम्बन्धिका बिरामीहरु बढ्दै गइरहेको हुदा सो सम्बन्धि शिविर सञ्चालन गरिएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाहरु मध्ये वडा नं ४ ले स्वास्थ्य शिविर, सामाजिक कार्यहरु, शिक्षा सम्बन्धि कामहरु बढी गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

शनिबार डा. राम विष्ट लगायतको प्राविधिक टीमले स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । उक्त शिविर विहान ९ बजे देखि वडा नं ४ को स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सञ्चालन भएको थियोे ।

शिविरमा २३६ जनाले सेवा लिनु भएकाेमा २२६ जनाकाे रेजल्ट नेगेटिभ आएकाे र १० जनामा पाेजिटिभ देखिएकाेले पाेजिटिभ देखिएका महिला दिदीबहिनीहरुको भाेलि सम्बन्धित जनसेवा फार्मेसीमा नि:शुल्क रुपमा परामर्श लिन सकिने वडा अध्यक्ष पुनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *