गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेसनको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : गौरव साहको स्मृतिमा गठन गरिएको सामाजिक संस्था गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेसनको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा रहेको पाटेश्वरी आधारभूत विद्यालयमा गरिएको आँखा तथा कान जाँच शिविरमा नि:शुल्क रुपमा गरिएको संस्थाका संरक्षक प्रदिप शाहले बताउनुभयो ।

उक्त शिविरमा आखाका 2 सय ४८ र कानका २ सय ६२ जनाले प्रत्यक्ष रुपमा सेवा लिएको प्रदिप शाहले बताउनुभयो । शिविरमा बिर्नोज कान स्वास्थ्य स्याहार केन्द्रका प्राविधिक दामोदर चौधरी र सीता चौधरी, त्यसैगरी आँखा जाँचको लागि बरिस्ठ नेत्र रोग सहायक उदय नारायण मिश्र र नेत्र सहायक बिज्रेस मिश्र रहनु भएको थियोे ।

संस्थाको कार्यबाहक अध्यक्ष सुखराम चिडिमारको अध्यक्षतामा भएको उक्त शिविरमा प्रमुख अतिथिको रुपमा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी माधव राम वर्मा, विद्यालयकि प्रधानाध्यापक तारा शाही, संस्थाको कोषाध्यक्ष विजय कोरी, सहसचिव प्रेमा शाही, सदस्य मुन्सी हज्जाम, शिबम् शाह लगायतको उपस्थिति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *