पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँकेको खजुरा आउदै


नेपालगन्ज : पूर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउनु हुने भएको छ ।

नेकपा  माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजना गरिने खवरदारी सभालाई सम्बोधन गर्न यहीँ माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनु भयो  । संयोजक पाण्डेका अनुसार  अध्यक्ष प्रचण्ड आउने कार्यक्रमलाई व्यवस्थित गर्न बिहिवार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समितिको अनौपचारीक बैठकले विभिन्न उपसमितिहरु निर्माण गरेर तयारीको काम अगाडी बढाएको जानकारी दिनुभयो ।

खजुरा बजारमा रहेको  दुर्गा मन्दिर परिसरमा आयोजना गरिने  खवरदारी सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , लुम्बिनी प्रदेशका ईन्चार्ज एंव सचिव चन्द्र प्रकाश खनाल बलदेव , सह ईन्चार्ज एंव लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री कुल प्रसाद के.सी. सोनाम ,  लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र खजुरा गाँउपालिकाका अध्यक्ष राज कुमार बि.क.ले जानकारी दिनुभयो ।

उक्त  खवरदारी सभा अधि प्रचण्डले जनयुद्धका सहिद परिवारसित अन्तरक्रिया  गर्ने र जनता मा.वि.  सन्तकुटीमा रहेको सहिदहरुको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।
खवरदारी सभा अघि विभिन्न जात जाति भाषा भाषिहरुको झाँकी निकालेर खजुरा बजारको परिक्रमा गरिने अध्यक्ष बि.क.ले जानकारी दिनुभयो । माओवादी केन्द्रले विजय हासिल गरेका स्थानिय तहहरुलाई नमुना पालिकाको रुपमा विकास गर्ने निति लिएको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले खजुरा क्षेत्रको समग्र विकास बारे स्थानिय अगुवा समाजसेवीहरु संग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

खजुरा गाँउपालिकामा माओवादी केन्द्रले गाँउपालिका अध्यक्ष सहित बहुमत कार्यपालिका छ । खजुर गाँउपालिका लाई समाजवादी मोडेलको नमुना पालिका बनाउने गरि काम भई रहेको गाँउ पालिका अध्यक्ष डम्वर बि.क. तुफानले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *