पहल केसी
नेपालगन्ज : होलिका बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सिता काफ्ले सर्बसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट काफ्लेलाई सर्वसम्मतीले अध्यक्ष पदमा चयन गरिएको हो । त्यस्तै उपाध्यक्ष गोपाल राज गिरी, सचिव राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा नारायण दत्त पोख्रेल चयन हुनु भएको छ ।
संचालक समिति सदस्यहरुमा अग्नीधर चालिसे, विरेन्द्र सिंह राना, हेमा शाही, सरस्वती गीरी र नम बहादुर मल्ललाई सर्वसम्मत चयन गरिएको हो । त्यस्तै भिम बहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ ।
सदस्यहरुमा कृष्ण राज रेग्मी र बबिता थापा रहनु भएको छ । नयाँ संचालक समितिमा अध्यक्ष, उपाध्यक्ष र एक जना सदस्य बाहेक अन्य सबैलाई पुरानै कार्यकाल दोहोर्याइएको हो । अध्यक्ष काफ्ले यस अघिको समितिमा उपाध्यक्ष पदमा हुुनुहुन्थ्यो ।
संस्थाका पूर्व अध्यक्ष तथा समाजसेवी पुरन बहादर थापाको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष तारामान कुवरले संस्थाले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
हालसम्म सहकारीको शेयर पुंजी १ करोड १४ लाख १२ हजार ६ सय रुपैया रहेको छ भने कुल शेयर सदस्य संख्या १ हजार २ सय २० जना रहेको संस्थाका व्यवस्थापक किशोर बहादुर थापाले जानकारी दिनुभयो ।