माघ १५ र १६ गते विदा दिने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय कार्यान्वयन होला ?

लुम्बिनी प्रदेश बिशेष शिक्षा स्थानीय तह

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले माघ महिनामा अत्यधिक जाडो बढेको भन्दै तीन तीन पटक सूचना निकाली जाडो विदा दिएको छ ।

प्रथम पटक मिति २०८० माघ ३ गते सूचना निकाली माघ ४, ५ र ६ गते जाडो विदा दिएको थियोे, त्यसपछि मिति २०८० माघ ७ र ८ गते शितलहरका कारण देखाएर कक्षा १ देखि ८ सम्म भनी उपमहानगरपालिकाको पेजमा सूचना निकालि विदा दिइएको थियोे ।

आज आइतबार पुनः अर्को सूचना प्रकाशित गरेर विद्यार्थीहरुमा चिसोले स्वास्थ्यमा असर पर्नसक्ने भन्दै नगर प्रमुखको आदेश अनुसार शितलहर बढेको भन्दै माघ १५ र १६ गते दुई दिन सम्पूर्ण विद्यालय बन्द गर्न नगर शिक्षा प्रमुखको हस्ताक्षर बाट सूचना निकालिएको छ ।

उता विद्यालयहरुले भने धेरै विदा दिइसकेको भनेर सोमबार विद्यालय सञ्चालन गर्ने दाउमा रहेको एक विद्यालयका शिक्षकले नाम नबताउने सर्तमा बताए । नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षाको निर्देशन सोमबार र मंगलबार नीजि तथा सरकारी विद्यालयहरुले पालना गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाकी रहेको छ ।
हेर्नुहोस् अहिलेसम्मका सूचनाहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *