मदाने ६ मा सुरु गरिएको महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ मा लक्षित महिलाहरुका लागि १० दिने आधारभूत बाजा बजाउने तालिम सम्पन्न भएको छ ।

मदाने गाउँपालिका आत्मनिर्भर महिला विकास समिति र वडा नं ६ को आयोजना गरिएको तालिममा ११ जना महिलाहरुले कुशलता पुर्वक पञ्चे बाजा बजाउने तालिम सिकेका वडा अध्यक्ष मनिराम थापाले नागरिक पथ अनलाइनलाई बताउनुभयो ।

उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष महेन्द्र कुवरले सिकेको सिपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिदै आगामी दिनहरुमा पनि पालिकाले निरन्तर सीप सिकाइका कार्यक्रम ल्याउने बताउनुभयो । समापन कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी , स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *