नेपालगन्ज : नेपालगन्जमा फिजियो केयर पेन रिलिफ एण्ड रिहाविलिसन सेन्टर आज देखि आफ्नै भवनमा सञ्चालनमा आएको छ ।
लामो समयदेखि फिजियो सम्बन्धि रोगहरुको उपचार गर्दै आइरह्नु भएको डा- पंकज कुमार गुप्ताले नेपालगन्जको न्युरोडमा उक्त सेन्टर सञ्चालनमा ल्याउनु भएको छ । तत्काल १५ वेडको वार्ड समेत सञ्चालनमा ल्याएर बिरामीको सेवा दिन लागेको डा- गुप्ताले बताउनुभयो ।

नेपालगन्जको जिल्ला प्रशासन कार्यालय अगाडि लामो समयदेखि सञ्चालनमा रहेको फिजियो केयर प्रालि अब आफ्नै भवनमा अत्याधुनिक मेसिनहरु सहित सञ्चालनमा ल्याउन लागेको गुप्ताले बताउनुभयो । आज नव निमिर्त भवनमा पुजा आजा गरेर उद्घाटन गरिएको र केही दिनमा नै बिरामीहरुलाई भर्ना गर्ने समेतको व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो ।
