प्युठान : सामाजिक सञ्जाल युट्युव च्यानल हेरेर ड्रागन खेती तर्फ आकर्षक भएका प्युठानका एक युवकले राम्रै आम्दानी गरेको बताएका छन् ।
प्युठानको झिम्रुक गाउँपालिका वडा नं १ बडाचौरका शंकर पोखरेलले सामाजिक सञ्जाल युट्युव च्यानल हेरेर विदेश जानुभन्दा आफ्नै जन्मठाउँमा ड्रागन फ्रुट लगाउने सोचाइ सोचेर खेती गरेको बताए ।
उनले गतसाल मात्र ८५ देखि ९० हजार नगद आम्दानी गर्न सकेको बताए उनलेे खेती गर्न लागेको दुई वर्षमै कमाउन सुरु गरेको बताउदै विदेश जानुभन्दा स्वदेशमै केही गरेर आम्दानी गर्न सकिने भन्दै युवाहरुलाई स्वदेशमै केही गर्न सल्लाह सुझाव दिएका छन् ।
दुई वर्षमा नै आम्दानी दिन सुरु हुने ड्रागन फ्रुट लगाउन र आत्मनिर्भर बन्न सल्लाह दिदै पोखरेलले भने माटोमा भविष्य छ यसलाई सबैले सदुपयोग गरौं भन्ने उनले सल्लाह दिएका छन् । एकपटक उक्त फ्रुट खाएको मान्छेले खोजी खोजी त्यही खाने गरेको र आफुले गाउँघरमा नै पुर्याउन नसकेको जानकारी दिए । नजिकै छिमेकी जिल्ला गुल्मीको पुर्कोट दह, प्युठानकै विजुवार, मच्छी लगायतको बजारमा लगेर बिक्री गर्ने गरेको उनले बताए ।
समुन्द्री सतह देखि ८०० देखि १२०० सम्मको उचाइमा फलाउन सकिने उक्त ड्रागन फ्रुट पहाडी भेगमा पनि फलाउन सकिने तर तराईमा जत्तिकै फलाउन नसकिए पनि पहाडमा फलाईएको धेरै रसिलो, स्वादिलो भएको हुदा धेरैको रोजाइमा पर्ने गरेको उनले बताए ।