बैकुण्ठ धाम अभियानमा नर्सिङ समन्वय उपसमितिको संयोजकमा सुमन गिरी

धार्मिक/समाज लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बैकुण्ठ धाम सिधनीया घाट बनाउन लगाउन लागिएको महोत्सवमा बाँकेका नर्सिङ दिदीबहिनीहरुको साथ रहेको छ । जसमा नर्सिङ समन्वय उप समितिको संयोजकमा सुमन गिरी श्रेष्ठलाई मनोनयन गरिएको छ ।

आज एक कार्यक्रम गरि बैकुण्ठ धाम सचिवालयमा ७० जनाको सदस्य रहने गरि नर्सिङ समन्वय उप समिति गठन गरिएको बैकुण्ठ धामका संयोजक डा. सुरेश कुमार कान‍डियाले बताउनुभयो । उहाँले सोही अवसरमा सदैव बिरामीको सेवा गर्ने नर्सिङ बहिनीहरुले यो अभियानमा जोडिएर पुण्यको काम गरेको बताउनुभयो ।

नेपाल नर्सिङ संघ बाँकेको सक्रियतामा महोत्सव अबधिमा नर्सिङ समन्वय उप समितिले काम गर्ने संयोजक गिरीले बताउनुभयो । उहाँले भन्नुभयो हामी सबै अन्तिममा जाने भनेको घाटमा नै हो आफ्नो बुबाको मृत्यु हुदा दैलेख लैजानु परेको कुरा स्मरण गराउदै यस्तो महान कार्यमा जोडिन पाउँदा खुसी भएको बताउदै उहाँले रु १० हजार १० पनि सहयोग गर्ने बचन दिनु भएको थियो ।

सोही अबसरमा बैकुण्ठ धाम महोत्सव कि सल्लाहकार सदस्य तथा नेपालगन्ज नर्सिङ क्याम्पस कि प्रिन्सिपल तुल्सा सुनारले आजै रु ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *