सशस्त्र प्रहरीको सीमाक्षेत्रका वडा अध्यक्षसंग छलफल


नेपालगन्ज – सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासंग जोडिएका स्थानिय निकायका वडा अध्यक्षहरुसंग स्थानीय सराेकारका बिषयमा छलफल गरेकाे छ ।

अध्यक्षहरुसंग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्री अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपालसंग सीमाबासिले राखेको अपेक्षाका बिषयमा अन्तरक्रिया समेत गरियाे ।

सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज -१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको एकीकृत भंसार जाँचचौकी भवनमा बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रम अवधारणा अनुरुप कार्यक्रम गरिएको हाे ।
लुम्बिनी प्रदेश अन्तर्गत रहेका बाँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमा संग जोडिएका स्थानिय निकायका वडाका वडा अध्यक्षहरु संग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्री अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपाल संग सीमा बासिले राखेको अपेक्षाका बिषयमा छलफल भयाे । त्यस्तै सीमा निगरानी तथा सहजिकरण लगाएत सशस्त्र प्रहरी नेपाल र स्थानिय तहहरु बिच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हे.क्वा.बागेश्वरी बाँकेका गणपति स.प्र.उ. विमल डाँगी, नं.३१ गण हे.क्वा.बर्दियाका गणपति स.प्र.उ. चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ति वडाका सम्पुर्ण वडा अध्यक्षहरु, लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सम्पुर्ण प्रस्ताबित सीमा सुरक्षा गुल्म, बिओपि, प्रमुखहरुको समेतको उपस्थित रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *