नेपालगन्ज : दशमीको बहानामा भन्सारबाट लत्ताकपडा लगायतका खाद्यान्न सामाग्री ओसार पसार गर्ने भएको हुदा सशस्त्र प्रहरी बल वि. ओ. पि. जयसपुर बाँकेको नेतृत्वमा भन्सारमा चेकजाँच कडाइ गरिएको छ ।
सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा रहेको जयसपुर वि.ओ.पि.ले भन्सारमा कडाइ गरेको छ । दशैको बहानामा लत्ताकपडा, खाद्यान्न लगायतका सामाग्री ओसार पसार गरिने भएको हुदा भन्सार कडाइ गरिएको शाहीले बताउनुभयो ।


दैनिक धेरै मात्रामा लत्ताकपडा र खाद्यान्न पक्राउ गरेर भन्सारमा दाखिला गर्ने गरेको उहाँले बताउनुभयो । पक्राउ गरिएको उक्त सामान भन्सारले लिलाम बिक्री गर्ने उहाँले बताउनुभयो । हामीले हाम्रो कमान्डमा छोपेर ल्याएको सामान भन्सारमा दाखिला गर्ने र भन्सारले आफ्नो प्रक्रिया पूरा गर्ने गरेको उहाँले बताउनुभयो ।







